breakingनेपाली कांग्रेस

नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक आजबाट सुरु

२२ असार, काठमाडौैँ÷ नेपाली कागे्रस केन्द्रीय कार्य समितिको बैठक आज(आइतबार)बाट सुरु भएको छ । पार्टीको प्रादेशिक संरचनादेखि भ्रातृ संगठनका सन्दर्भमा बैठकले निर्णय लिने रणनिति सहित बैठक बस्न लागेको हो । पार्टी केन्द्रिय कार्यलय सानेपामा बस्ने बैठकका लागि गुटगत रुपमा एजेन्डा तयार पारिएको छ । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षले एकले अर्कोलाई गलाउने र आफू बलियो बन्ने रणनितिमा रहेर एजेन्डा तय काँग्रेसका केही नेताहरुले दाबी गरेका छन ।
केन्द्रीय कार्य समितिको बैठकको पुर्व सन्ध्यामा शनिवार कांग्रेस शीर्ष नेताहरू गुटगत रणनीतिमा व्यस्त भएका थिए । संगठनका सन्दर्भमा बैठकले निर्णय लिने गरी एजेन्डा तय भएपछि दुवै गुट सक्रिय भएको हो । देउवा पक्षधर नेताले नियमावली मस्यौदा समितिले आफ्नो मस्यौदा पेस गर्ने, पार्टीका संरचना बनाउन आवश्यक निर्णय लिने, जागरण अभियानको पहिलो चरणको समीक्षा गर्ने, नेविसंघलगायत भ्रातृ संस्थाबारे निर्णय गर्ने लगायतका एजेन्डा तय गरेका छन्। यस्तै, देउवाइतर पक्षका नेताहरुले नाफाघाटा आकलन गर्दै केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने रणनीति तय गरेका छन ।
नेपाली काँगे्रसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले पार्टीमा देखिएको गुटउपगुटको ब्यवस्थापन नेतृत्वले नै गर्नुपर्नेमा जोड दिएका छन् । राजधानी काठमाडौैँबाट सञ्चालित एक रेडियोसँग कुराकानी गदै शिर्ष नेत्रित्वले गुटउपगुटको ब्यवस्थापन गर्नुपर्नेमा जोड दिएका हुन ।
पूर्व मन्त्री समेत रहेका  जोशीले पार्टीभित्रको आन्तरिक विवादलाई साम्य पारेर महाधिवेशनको तयारीमा जुट्नुको विकल्प नभएको बताए ।

nema
Show More

Related Articles

Back to top button