१३ साउन÷ अमेरिकाको क्यालिफोर्नियामा बन्दुकधारी अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा तीनजनाको मृत्यु भएको छ। क्यालिफोर्नियाको गिलरोयमा भएको गार्लिक फुड फेस्टिवलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन् ।
घटनामा कम्तिमा ११ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। स्थानीय समय अनुसार आइतबार बेलुका घटना भएको हो ।
अन्दाजी ३५ वर्षका गोरो वर्णका पुरुष व्यक्तिले अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
