विश्व
रजनीकान्तले भने मोदी र अमित शाहको जोडी कृष्ण र अर्जुन जस्तो
सुपर स्टार अभिनेता रजनीकान्तले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको जोडी भगवान कृष्ण र अर्जुनको जस्तै रहेको उल्लेख गरेका छन् ।
जम्मू–कश्मीरलाई विशेष राज्यको हैसियत प्रदान गर्ने संविधानको धारा ३७० खारेज गर्ने निर्णयप्रति मोदी र अमित शाहलाई बधाई ज्ञापन गर्दै रजनीकान्तले सो कुरा बताएका हुन ।
उनले मोदी र अमितमा को अर्जुन र को कृष्ण हुन् भन्ने कुरा भने आफूले भन्न नसक्ने बताए ।
