समाचार

पत्रकार रबि लामिछानेलाई भेट्न काँगे्रस नेता बडु पुगे चितवन

चितवन– नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले हिरासतमा रहेका पत्रकार रवि लामिछानेलाई भेटेका छन् ।
चितवन पुगेका बडुले चितवन प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई भेटेर घटनाको निष्पक्ष छानविन गर्न आग्रह समेत गरेका हुन ।
कुनै पूर्वाग्रह नराखि अनुसन्धान गर्न आफूले आग्रह गरेको उनको भनाइ छ ।
नेता बडुले चितवन प्रहरीको हिरासतमा रहेका लामिछानेसँग पनि भेट गरेका थिए ।
आफूसँगको भेटमा लामिछानेले निष्पक्ष छानविनमा सघाउन आफू तयार रहेको बताएको बडुले जानकारी दिए ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेको थियो ।
शुक्रवार अदालत पेश गरिएका उनीहरुलाई अदालतले थप अनुसन्धानका लागि भन्दै प्रहरीलाई पाँच दिनको समय दिएको थियो । यससँगै रविका समर्थकले जिल्ला प्रहरी कार्यालय चितवन अगाडि विरोध प्रदर्शन गरिरहेका छन् ।

nema
Show More

Related Articles

Back to top button