समाचार

प्रदेश नंवर ३ को प्रदेशसभा बैठक भदौ ८ गते बस्ने

हेटौंडा, भदौ ३ । प्रदेश नम्बर–३ प्रदेशसभाको बैठक भदौ ८ गते बस्ने भएको छ । दिउँसो २ बजे बस्ने बैठकमा सार्वजनिक निजी सहकारी, साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश यातायातसम्बन्धी व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ छलफलका लागि प्रस्तुत गरिने प्रदेशसभा सचिवालयका प्रमुखसचिव रामशरण घिमिरेले जानकारी दिए ।
बैठकमा प्रदेश मामिला समिति तथा अन्य समितिबाट पारित भइआएका चार प्रतिवेदन पनि छुट्टाछुट्टै प्रस्तुत गरिने पनि उनले बताए । प्रदेश सरकारले ०७६र७७ का लागि गत असार १२ गते प्रस्तुत गरेकोे बजेट पारित गरिएपछि बैठक स्थगित गरिएको थियो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button