समाचार
बालाजु औद्योगिक क्षेत्रमा भिषण आगलागी
काठमाडौँ – काठमाडौँको बालाजुमा रहेको औद्योगिक क्षेत्रमा आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्रमा रहेको फोर्स मोटर ग्यारेजमा बिहीबार मध्याहन्न १२ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगो निभाउनका लागि तीनवटा दमकल तथा ५–७ वटा पानीका ट्यांकर परिचालन भएका छन् । यस्तै प्रहरी तथा स्थानीय बासिन्दाले पनि आयोग निभाउन सहयोग गरिरहेका छन् । आगलागीको कारण नखुलेको बालाजु प्रहरीले जानकारी दिएको छ ।
