समाचार

गाई मार्नेलाई कारबाही गर्न माग गदै नेपालगञ्जमा प्रदर्शन

नेपालगञ्ज – गाई मरेको विषयलाई लिएर नेपालगञ्जमा प्रदर्शन भएको छ । ओमकार परिवार, बाँकेको तर्फबाट आर्य समाज, नेपाल शिव सेना, हिन्द स्वयंसेवक संघ र पतञ्जली योगगपिठसम्बद्धले नेपालगञ्जमा स्वःस्फूर्त प्रदर्शन गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
बागेश्वरी मन्दिर परिसरबाट निस्केको प्रदर्शन जिल्ला प्रशासन कार्यालय, बाँकेमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएपछि सकिएको थियो । ‘गाई मार्न पाइँदैन, गाई मार्नेलाई कारबाही गर’ भन्ने नारा जुलुश गर्दै उनीहरु जिल्ला प्रशासन कार्यालयमा जम्मा भएका थिए ।
कान्जीहाउस व्यवस्थापन समितिसँग छलफल नै नगरी किन एकाएक गाई दैलेख भनेर लगियो ? , दैलेख लैजाने भनेर सुर्खेतको कटकुवा जंगलमा झार्ने आदेश किन र कसले दियो
भन्ने विषयमा अनुसन्धान हुनुपर्ने उनीहरुको माग छ ।
उनीहरुले घाइते गाईको शीघ्र उपचार गर्न समेत माग गरेका छन् । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएदेखि हिन्दुहरुको आस्थामा पटकपटक खेलवाड हुने कार्य भइरहेको आन्दोलनकारीको दाबी छ ।
प्रमुख जिल्ला अधिकारी मदन भुजेलले ज्ञापनपत्र बुझेपछि गृहमन्त्रालय र नेपालगञ्ज उपमहानगरपालिकाले छानबिन समिति गठन गरेकाले दोषी कारबाहीको दायरामा आउने आश्वासन दिलाए ।

nema
Show More

Related Articles

Back to top button