breakingनेपाली कांग्रेस

१४ वटा एजेन्डालाई अन्तिम रुप दिन कांग्रेस नेताहरु बुढानिलकण्ठमा

काठमाडौ÷ नेपाली कांग्रेसको केन्द्रीय समितिले निर्णय गरेका १४ वटा एजेन्डालाई अन्तिम रुप दिन पार्टीका नेताहरु एकजुट भएका छन् । एजेण्डालाई अन्तिम रुप दिन सभापति शेरबहादुर देउवा निबास बुढानिलकण्ठमा जम्मा भएका हुन ।
असार २२ गतेदेखि सुरु भएको कांग्रेसको केन्द्रीय समितिको बैठक मंगलवार प्रस्तावित १४ वटै एजेन्डा सर्वसम्मतिका साथ पारित गरिएको थियो ।
दोस्रो राष्ट्रिय जागरण अभियानमा जुटेको कांग्रेसले केन्द्रीय समितिबाट नेविसंघलगायत विभिन्न भातृ संगठन, केही जनसम्पर्क समितिलाई महाधिवेशन सकाउने गरी ६ महिनाको म्याद दिने सहमति गरेको थियो।
यही विषयमा सहमति नजुट्दा नेताहरु देउवा निवास पुगेका हुन्। दोस्रो राष्ट्रिय जागरण अभियानको घोषणा र केन्द्रीय समितिले गरेका निर्णयहरु आज सार्वजनिक गरिने भनिए पनि अहिलेसम्म कांग्रेसले केही तयारी नगरेको बुझिएको छ ।

nema
Show More

Related Articles

Back to top button