नेपाली कांग्रेस

नेपाली कांग्रेसको जागरण अभियान तीन वटा प्रदेशमा खट्ने केन्द्रीय प्रतिनिधिको टुंगो लाग्यो

काठमाण्डौ÷ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आउँदो मंगलबारदेखि सुरु गर्न लागेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तर्गत तीन वटा प्रदेशमा खट्ने केन्द्रीय प्रतिनिधिहरुको टुंगो लगाएको छ ।
प्रदेश नम्बर १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा खट्ने केन्द्रीय प्रतिनिधिहरुको टुंगो लागेको हो । प्रदेश नम्बर २, प्रदेश नम्बर ३, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ मा खटिने प्रतिनिधिको भने टुंगो लाग्न बाँकी रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बाँकी चार वटा प्रदेशमा खट्ने केन्द्रीय प्रतिनिधि पनि छिट्टै टुंगो लाग्ने शर्माको भनाई छ ।
हरेक प्रदेश सभा निर्वाचन क्षेत्रमा एक जनाका दरले केन्द्रीय प्रतिनिधि खटाइने भएको छ । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा २ जना केन्द्रीय प्रतिनिधि परेका छन् भने १ भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा भने हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्र बराबर २ जनाका दरले प्रतिनिधि खटाइएको छ । केन्द्रीय प्रतिनिधिमा पूर्वमन्त्री, पूर्व सांसद, पूर्व सभापति, प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेद्वारहरु रहेका छन् ।
कांग्रेसको दोस्रो चरणको अभियान मंगलबारदेखि असोज ७ गतेसम्म चल्नेछ । कांग्रेसले यसअघि गएको वैशाख २५ देखि जेठ २५ सम्म एक महिना पहिलो चरणको अभियान सञ्चालन गरेको थियो ।

nema
Show More

Related Articles

Back to top button