समाचार

ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

काठमाडौं ÷ भष्ट्रचार अभियनताको रुपमा आफूलाई चिनाउँदै आएका ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले शाहीलाई आइतवार दिउँसो ललितपुरबाट नियन्त्रणमा लिएको हो ।
आइतवार दिउँसो शाहीले पत्रकार सम्मेलन गरिरहेको समयमा केही युट्युवरहरु बिच सामान्य झडपको अवस्था सृजना भएको थियो। सम्मेलनमा पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिन भन्दै शाहीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
शनिवार राति नेपालगञ्जबाट काठमाडौं आउन लागेको बुद्ध एयरलाइन्सको विमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईकै कारण एक घण्टा ढिलो भएको भन्दै शाहिले विरोध गरेका थिए। बिमानभित्र नै शाही लगायत अन्य यात्रुले मन्त्रीको कारण विमान ढिला भएको भन्दै आक्रोस पोखेका थिए।

Show More

Related Articles

Back to top button