समाचार

नौबिसे —नागढुङ्गा सडकलाई ‘नो ओभरटेक जोन’

७ असोज, काठमाडौैँ÷ दशैँ र तिहारको समयमा हुने अत्यधिक सवारी चापलाई ध्यानमा राखेर नौबिसे–नागढुङ्गा सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको छ । नौबिसेदेखि खानीखोला–खत्रीपौवा–सिक्रेखोलादेखि नागढुङ्गासम्मको करिब १५ किलोमिटर क्षेत्रमा आजबाट ओभरटेक गर्न नपाइने प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार राजमार्ग उकालो, साँघुरो र धेरै मोड भएकाले चालकलाई लेन अनुशासनमा कडाइ गरिएको हो । उकालो र मोडमा मालवाहक साधन ढिलो गुड्ने र जाम भएको बेला पनि साना सवारी साधनले ओभरटेक थप जाम गर्ने भएपछि सडक क्षेत्रलाई पहिलोपटक ‘नो ओभरटेक जोन’ घोषणा गरिएको हो । दशैँ अगावै राजधानी आउने दैनिक उपभोग्य वस्तु र दशैँ मान्न बाहिरिने दैनिक १५ देखि १८ हजार सवारी साधनलाई व्यवस्थित बनाउनका लागि नो ओभरटेक जो घोषणा गरिएको धादिङका प्रहरी प्रमुख राजकुमार बैदवारले जानकारी दिए ।

nema
Show More

Related Articles

Back to top button