समाचार
चितवनमा ज्ञानेन्द्र शाहीमाथि नेकपा कार्यकर्ताद्धारा आक्रमण
चितवन– भ्रष्टाचार विरोधि अभियन्ता ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको छ । शनिवार दिउँसो चितवनको भरतपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुन गएका शाहीमाथि कुटपिट भएको हो ।
भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन गएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कुटपिट गरेको बताइएको छ ।
नेकपा निकट विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’भन्दै कार्यक्रम बिथालेका छन् । त्यसक्रममा केहीबेर तनाव समेत भएको थियो । कुटिएका शाहीलाई प्रहरीले उद्धार गरेको छ ।
