समाचार

विमानस्थल तोडफोड गर्ने सांसद साहलाई चार दिन हिरासतमा राखिने

जनकपुर । जिल्ला अदालत धनुषाले प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
हिरासतमा रहेका प्रतिनिधिसभा सांसद साहलाई विमानस्थल तोडफोड घटनाको अनुसन्धान गर्न चार दिनको म्याद थप गरेको हो ।
जिल्ला अदालत धनुषाका न्यायाधीश तीर्थप्रसाद केसीले म्याद थपको अनुमति दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयले घटनाको छानविन गर्न १० दिनको म्याद मागेको थियो । तर ४ दिनको म्याद मात्रै थप गरिएको छ । आरोपित सांसद साहलाई पुनः कात्तिक १ गते जिल्ला अदालत धनुषामा पेश गरिने भएको छ ।
सो अवधिमा अनुसन्धान भइसकेकोमा मुद्दा दर्ता गरि अदालती कारबाही प्रक्रिया अघि बढाइने छ ।
म्याद थपका लागि अदालत लगिएका सांसद साहले संचारकर्मीसंग कुरा गर्दै न्यायपालिकामाथि आफूलाई विश्वास भएको र न्यायपालिकाले जे निर्णय गर्छ आफूलाई स्वीकार्य भएको प्रतिक्रिया दिएका छन् ।
सोमवार काठमाडौ जाने विमान ढिलो भएका कारण सांसद साहले बुद्ध एअरको काउण्टरमा तोडफोड गरेका थिए ।
घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुरले विमान स्थलमा तोडफोड र विमान संचालनमा बाधा पुरयाएको भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको थियो । काठमाडौैँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका सांसद साहलाई घटना अनुसन्धानका लागि मंगलवार जनकपुर लगिएको हो ।

nema
Show More

Related Articles

Back to top button