समाचार

कम्युनिस्टहरु सत्तामा गएपछि सुटेडबुटेड हुन्छन् ःअध्यक्ष दाहाल

१ कात्तिक, धनगढी । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सत्तामा गएपछि फेरिने रोेग कम्युनिष्टमा यथावत रहेको बताएका छन् ।
शुक्रबार धनगढीमा आयोजित कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष दहालले कम्युनिस्टहरु सत्तामा गएको ५÷७ वर्षमा कर्मचारी जस्तो हुने गरेको टिप्पणी गरे । ‘सत्तामा नजाँदासम्म कम्म्युनिस्ट पार्टीका नेता असाध्यै राम्रा, जति दुःख पाएपनि भूमिगत बस्ने, जनताको घरमा जाने, जनता जस्तै हुने तर सत्तामा गएपछि सुटेडबुटेड, हुने उनको टिप्पणी छ ।
राजा फालेपनि कर्मचारीतन्त्र पुरानै भएको र उनीहरुसँग संगत गर्दागर्दै कम्युनिस्ट नेताहरु पनि कर्मचारी जस्तै हुने गरेको उनले स्पष्ट पारे ।
सत्तामा पुगेपछि कम्युनिस्टहरुले पनि अब हाम्रो पालो भनेर पद, प्रतिष्ठा पैसा खोज्नतिर लाग्ने र आफैं पतन भएर जाने गरेको इतिहास रहेको उनले सुनाए ।

nema
Show More

Related Articles

Back to top button