अन्तर्वार्तासमाचार

पोर्चुगलमा कांग्रेसको यूरोपस्तरीय भेला हुने

काठमाडौँ — यूरोपमा कांग्रेसका भातृसंगठनकारुपमा क्रियाशील जनसम्पर्क समितिको यूरोपस्तरीय भेला हुने भएको छ ।

आगामी जुलाई २१ मा पोर्चुगलको राजधानी लिस्वनमा पार्टी उपसभापति विमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा भेला हुन लागेको हो। कार्यक्रममा यूरोपमास्थित अन्य राष्ट्रिय समिति तथा सदस्यहरुको उपस्थिति रहने यूरोप समितिका महामन्त्री गंगा गौतमले जानकारी दिए।
भेलामा कांग्रेसको पछिल्लो अवस्थाबारे गम्भीर छलफल हुने छ भने पार्टीले लिनुपर्ने कार्यदिशा तथा प्रवासमा पार्टी संगठन सुधारका विषयमा सुझाव र सहयोग संकलन गरिने गौतमले बताए। निधिकै उपस्थितिमा नर्वे र स्पेनमा प्रशिक्षण तथा भेला आयोजना गरिएको छ।

प्रकाशित : असार १८, २०७५ ०७:४

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button