नेपाली कांग्रेससमाचार

तनहुँमा नेपाली काँगे्रसका दुबै क्षत्रिय समिति गठन

दमौली÷नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँको पार्टी कार्यालय दमौलीमा बसेको बैठकले दुबै क्षेत्रीय समिति गठन गरेको छ ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँले दिएको जानकारी अनुसार भिमबहादुर अधिकारीको नेतृत्वमा नेपाली काँग्रेस क्षेत्र नंवर १ को क्षेत्रीय समिति गठन भएको छ । क्षेत्रीय समितिको उपसभापतिमा काँगे्रस नेता प्रितम गुरुङ र सचिवमा काँगे्रस नेता राजु बाँनिया र कृष्ण विमल सोती रहेका छन् । त्यसैगरी ध्रुबकुमार श्रेष्ठको नेतृत्वमा क्षेत्र नंवर २ को क्षेत्रीय समिति गठन गरिएको छ । क्षेत्रीय समितिको उपसभापतिमा काँगे्रस नेता लेमबहादुर थापा र सचिवमा निलकण्ठ सिग्देल रहेका छन् । बैठकले जिल्ला कार्यसमिति तनहुँका पदाधिकारी र क्षेत्रीय समितिका पदाधिकारीको बैठकले क्षेत्रीय समितिका बाँकी पदाधिकारीहरु र सदस्यहरु तथा नगर र गाउँसमितिका पदाधिकारी तथा सदस्यहरु मनोनयन गरी आगामी चैत्र १० गते बस्ने जिल्ला कार्यसमितिको बैठकमा पेश गर्न निर्देशन दिएको छ । बुधबारको बैठकले जिल्ला कार्यसमिति तनहुँको बैठक प्रत्येक महिनाको १० गते नेपाली काँगे्रस जिल्ला कार्यसमितिको कार्यालय मालपोत लाइन दमौली तनहुँमा बस्ने निर्णय गरेको छ । बैठकले नेपाली काँगे्रस तनहुँका नेता स्वर्गीय हरीहर घिमिरेको सम्झनामा एक मिनेट मौनधारण गरी शोक प्रस्ताव पारित गरेको जानकारी नेपाली काँगे्रस जिल्ला कार्यसमिति तनहुँले दिएको छ ।

बैठकलाई सम्बोधन गर्दै काँगे्रस नेता गोविन्दराज जोशीले संस्थागत निर्णय नगर्ने, आफ्नो खल्तीबाट पार्टीको निर्णय गर्ने, टिकट बेच्ने कार्यशैलीले नेपाली काँग्रेसलाई कमजोर बनाएको जिकिर गरेका छन । विशेष अधिवेशनबाट अपदस्त भएकाहरुले अर्को पार्टी खोल्ने भनि चलाएको झुटो प्रचारबाट नअल्मलिन कार्यकर्ताहरुलाइ जोशीले आग्रह गरे ।
जोशीले भने —‘म निष्कृय बस्दा देशव्यापी रुपमा काँग्रेस कमजोर भयो भनेर मैले आफ्नो सक्रियता आफ्नै जिल्ला तनहूँबाट सुरु गरेको हुँ,’ । बैठकलाई सम्बोधन गदै बैठकको सभापतित्व गरेका नेपाली काँगे्रस तनहुँका सभापति डिल्लीराम अधिकारीले बिगतमा भएका कमिकमजोरीहरु अब दोहोरिने छैनन र हामीले सबैलाई समेटेर नेपाली काँग्रेस तनहुँलाई पहिलेकै अवस्थामा पु¥याउने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रमको सञ्चालन पार्टी सचिव चिनु पोखरेलले गरेकी थिइन ।

nema
Show More

Related Articles

Back to top button