समाचार

कोरोना भाइरसबारेको भाइरल भिडियो बारे अनुसन्धान सुरु

८ फागुन, काठमाडौैँ÷ कोरोना भाइरस नेपालमा भित्रिइसकेको भनेर सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ । अडियोबारे प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिनुभयो ।
 
प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । गलत हल्ला फैलाउने व्यक्तिलाई हदैसम्मको कारबाही हुने प्रहरीको चेतावनी छ । हाल सामाजिक सन्जालमा भाइरल भइरहेको अडियो क्लिपमा एक व्यक्तिले नेपालमा कोरोना भाइरस भित्रिइसकेको भनेका छन् ।
 
नेपाल प्रहरीको साइबर व्यूरोका एसएसपी नविन्द अर्यालले प्राविधिक पाटोबारे समेत अध्ययन भइरहेको बताउनु भएको छ । सरकारले कोरोना भाइरसबारे गलत सूचना प्रवाह नगर्न र गरेमा कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button