breakingसमाचारनेपाली कांग्रेस

आन्तरिक विवाद सुल्झाउन काँग्रेसका शीर्ष नेताहरु छलफलमा

१० माघ, काठमाडौैँ÷ आन्तरिक विवादमा अल्मलिएको नेपाली काँग्रेसका शीर्ष नेताहरुले आपसी छलफललाई आज पनि तिब्रता दिने भएका छन् । पार्टीको १४ औँ महाधिवेशनको तयारी र अन्य आन्तरिक विषयहरुमा सहमति जुटाउन पार्टीका शीर्ष नेताहरु छलफलमा जुटेका हुन । यसका लागि सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा बैठक बसिरहेको छ । बैठकले पुस ११ गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णयपछि उत्पन्न विवाद समाधान गरी टुङ्गो लगाउने तयारी गरिएको छ ।
बैठकमा पार्टीको आगामी महाधिवेशन तालिका, पार्टीका केन्द्रीय विभाग, भ्रातृ संस्थालगायत विषयमा छलफल जारी रहेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा शशाङ्क कोइराला, नेताहरु प्रकाशमान सिंह र कृष्ण सिटौलालगायत उपस्थित रहनुभएको छ । यसअघि बुधबार साँझ पार्टीका शीर्ष नेताबीच आज टुङ्गो लगाउने गरी सकारात्मक छलफल भएको थियो । काँग्रेसमा गत पुस ११ गते केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच विवाद देखिएको हो ।

nema
Show More

Related Articles

Back to top button