अस्ट्रेलियामा जंगलमा लागेको आगोबाट २७ जनाको मृत्यु
२४ पुष, काठमाडौैँ÷ अष्टे«लियाको जंगलमा लागेको आगलागीका कारण ज्यान गुमाउनेको संख्या कम्तिमा २७ पुगेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आज संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो विवरण सार्वजनिक गर्दै आगलागीका कारण २१ सय ३१ घरहरु क्षतिग्रस्त भएको जानकारी गराउनुभयो ।
मृत्यु हुनेको संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ । अस्ट्रेलियाको दक्षिणपूर्वी क्षेत्रको जंगलमा लागोको आगलागीका कारण तापक्रम बढेर अत्यधिक गर्मी हुदै गएको र तातो हावा चलेको अधिकारीहरुले जनाएका छन् । प्रधानमन्त्री मोरिसनले आगलागी नियन्त्रण गर्न र थप क्षति हुन नदिन सवैले आ–आफ्नो ठाँउबाट भूमिका खेल्न तथा उद्धारकर्ताहरुलाई सहयोग गर्न पनि आग्रह गर्नुभएको छ ।
उहाँले अस्ट्रेलिया संकटमा परेको बेला सहयोग उपलब्ध गराएका सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो । अस्ट्रेलियामा भइरहेको आगलागीका उत्पन्न धुँवा देशका विभिन्न ठाउँमा फैलिएको छ भने, अन्य मुलुकहरुसम्म पनि पुगेको छ । गत सेप्टेम्बरदेखि सुरु भएको आगलागी अस्ट्रेलियामा अहिले पनि जारी छ ।