समाचार

डा. शिवमाया तुम्बाहाङ्फेलाई कानुन मन्त्रीको जिम्मेवारी

५ फागुन, काठमाडौैँ÷ प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई कानुन मन्त्रीको जिम्मेवारी दिनुभएको छ । तुम्बाहाङ्फेलाई रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । सल्लाहकार थापाका अनुसार तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिनुहुनेछ ।
 
उपेन्द्र यादवले राजीनामा दिएर सरकार छोडेपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी अहिले स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सम्हाल्दै आउनुभएको छ । समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयसँगै सहरी विकास मन्त्रालय पनि खाली छ ।

nema
Show More

Related Articles

Back to top button