समाचार

महराले सफाइ पाएको पत्र संसदमा, बैठकमा सहभागी हुने बाटो खुल्यो

६ फागुन,
काठमाडौं ÷ जवरजस्ती करणी मुद्दामा पूर्व सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएको जानकारी संसदमा गराइएको छ। मंगलबार बसेको प्रतिनिधसभाको बैठमा सभामुख अग्‍नि सापकोटाले दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित महरा अदालतबाट सफाइ पाएर सोमबारै डिल्ली बजार कारागारबाट रिहा भएको जानकारी गराएका हुन्। महराबारेमा अदालतको फैसलाको जानकारी संसदलाई गराइएसँगै अब उनले प्रतिनिधिसभाको बैठकमा भाग लिन पाउने भएका छन् । उनी प्रतिनिधिसभाको पहिलो लाइनकै कुर्सीमा बस्‍नेछन्।
 
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले महरालाई अदालतले सफाइ दिएको पत्र प्राप्त भएको जानकारी दिए। गत असोज १२ गते संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयास अभियोग लागेर पुर्पक्षका लागि जेल चलान भएका महराको सांसद पद पनि पुनर्स्थापित भएको छ। संसद नियमवाली अनुसार तीन वर्ष भन्दा बढी कैद सजाय तोकिने गम्भीर मुद्दामा अभियुक्त ठहर भएपछि महरा सांसद पदबाट स्वतः निलम्बित थिए। बलात्कार प्रयास अभियोग लागेसँगै महराले सभामुख पदबाट भने राजीनामा दिएका थिए।

nema
Show More

Related Articles

Back to top button