१३ फागुन
साताको तेस्रो कारोवारको दिन आज शेयर बजारमा उल्लेखीय बृद्धि भएको छ । हिजो १ दशमलव ९५ अंकले घटेको नेप्से परिसूचक आज ४३ दशमलव ०२ अंकले बढेर १५ सय ४५ दशमलव १९ अंकमा कायम भएको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ८ दशमलव ५७ अंकले बढेर ३ सय २६ दशमलव ५६ अंकमा पुगेको छ । विभिन्न १ सय ८० कम्पनीका ७० लाख ५९ हजार कित्ता शेयर २ अर्ब ९९ करोड २१ लाख रुपैयाँ बराबरमा कारोवार भएको छ । सबैभन्दा बढि हिमालय डिस्टिलरको शेयर १६ करोड ३३ लाख रुपैयाँ बराबरमा खरिद बिक्रि भएको छ । आज कारोवारमा आएको सबै उपसूचक उकालो लागेको नेपाल स्ट्रक एक्सचेञ्ज नेप्सेले जनाएको छ ।
