समाचार

बलात्कार आरोपी सिद्धबाबा गिरी जेल चलान

२० फागुन÷ बलात्कारको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जेल चलान भएका छन् । आज जिल्ला अदालत सुनसरीमा उपस्थित भएका उनलाई त्यसलगत्तै जेल चलान गरिएको हो ।
गत माघ ९ गते उच्च अदालतले सिद्धबाबालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । अदालतले थुनामा पठाउन आदेश दिए पनि उनी भारततर्फ भागेका थिए । यद्यपी आज अदालतमा उपस्थित भएका सिद्धबाबालाई अदालत आउनासाथ थुनुवा पूर्जी दिएर झुम्का जेल पठाएको सुनसरी जिल्ला अदालतका निमित्त स्रेस्तेदार निधिराम दाहालले जानकारी दिनुभयो ।
मंसिर १६ गते जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत बिराटनगर पुगेको थियो । एक अनुयायी महिलाले कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी दिएपछि गिरीलाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो ।

nema
Show More

Related Articles

Back to top button