समाचार
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल
२१ फागुन, काठमाडौैँ÷ प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार ओलीले दिउँसो तीन बजेतिर सल्यक्रिया सम्पन्न भएको हो ।
‘नयाँ किड्नीले काम गर्न पनि थालिसकेको चिकित्सकले बताएका छन् ।
प्रधानमन्त्री ओलीले आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका हुन्। १२ वर्षअघि भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका ओलीले यसपालि स्वेदशमै त्रिवि शिक्षण अस्पताल रोजेका हुन्।
अस्पतालको मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख डाक्टर प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको हो।
