२२ फागनु
जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीलगायतका कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसबाट नेपाल पनि जोखिममा रहेकाले सचेतना अपनाउन भीडभाडमा नजान तथा भेला, सम्मेलन नगर्न अनुरोध गरेको हो ।
जारी सूचनामा सिन्धुपाल्चोकलगायत अन्य जिल्लाहरुमा पिन भीडभाड हुने कार्यक्रम नगर्न प्रशासन कार्यालयले अनुरोध गरेको हो । अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व होली लगायत कार्यक्रमहरुको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी नहुन सबैमा अनुरोध गरिएको छ ।
