नेपाली कांग्रेस

यस्तो अडियो बाहिरिएपछि बरिष्ठ नेता पौडेललाई झड्का

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका अधिकारी उम्मेदबारलाई हराउन भूमिका खेलेको प्रमाण सहित परेको उजुरी अमान्य हुने बताएका छन् । प्रमाण सहित परेको उजुरी परि पुष्टि भएका पुष्करनाथ ओझालाई कारबाही नगराउन र आफु चुनाव हारेपछि उम्मेदबारी खारेज भएका आफ्नै जिल्लाका गोविन्दराज जोशीलाई कारबाही गर्न माग गर्दै पूर्वाग्रहपूर्ण विज्ञप्ति जारी गरेको भन्दै कांग्रेस भित्र चर्को बहस सुरु भएको छ ।
शुक्रबार पौडेलले जारी गरेको विज्ञप्तिलाई लिएर यतिबेला कांग्रेसहरुमा खैलाबैलानै मच्चिएको छ । कैलाली क्षेत्र नम्बर ५ का कांग्रेसका आधिकारीक उम्मेदबारलाई हराउन भूमिका खेलेका ओझालाई कारबाही गर्न नहुने अडान राख्दै आफु विरुद्ध तनहु क्षेत्र नम्वर १ मा उम्मेदबारी दिएपछि निर्वाचन आयोगबाट खारेजी भएका जोशीलाई भने कारबाही गर्न माग गरेका छन्।
प्राप्त अडियोमा ओझाले प्रस्टै रुपमा भनेका छन्, म आधिकारीक उम्मेदबारको प्रचारमा जुट्न सक्दिन् । बरिष्ठ नेता पौडेलज्यू यो अडियोलाई त आधार मान्नै पर्ला नी ? एक पटक ध्यान दिएर सुन्ने की ? प्रजातान्त्रिक हक अनुरुप मन नपरेको उम्मेदबारलाई आधिकारी भए पनि प्रचार नगर्ने भनेर स्पष्ट अडियोमा खुलाईएको छ ।
त्यसैले ओझालाई कांग्रेसजनहरुले कारबाहीको माग गरे । त्यसो त केही महिना अघि पौडेल पनि सहभागि भएको कैलालीको एउटा कार्यक्रममा ओझाले ‘कुन उम्मेदबारलाई समर्थन गर्ने र नगर्ने भन्ने आफ्नो व्यक्तिगत स्वतन्त्रता’ भएको बताउदै कैलाली क्षेत्र नम्वर ५ को कांग्रेसका उम्मेदबार डा। आरजु राणा देउवालाई हराउन आफु लागेको धारणा सार्वजनिक गरेका थिए।
उक्त कार्यक्रममा ओझाले पार्टीको आधिकारीक उम्मेदबारलाई आफुले असहयोग गरेको भन्ने अडियो सहित कारबाहीको लागि कैलालीका नेताहरुले पार्टी केन्द्रिय अनुशासन समितिमा उजुरी दर्ता गरेका थिए ।
उक्त उजुरी उपर छानविन गरेर अनुशासन समितिले ओझासँग स्पष्टिकरण सोधेको थियो। पहिलो स्पष्टिकरण चित्तबुझ्दो नभएपछि अघिल्लो हप्ता समितिले पुन उक्त विषयमा ओझासँग दोस्रो स्पष्टिकरण सोध्यो । फेरि पनि स्पष्टिकरण चित्तबुझ्दो भएन । ओझाको क्रियाकलाप केन्द्रिय अनुशासन समितिलाई चित्त बुझेन् ।
उक्त कार्यक्रममा ओझाले भनेका थिए, ुम कांग्रेसका उम्मेदबारको पक्षमा प्रचार गर्न सक्दिन । मैले समयमै जानकारी दिए । मैले सुरुमै सहयोग गर्न सक्दैन भनेको थियो। प्रचारमा जान सक्दिन भनेको थिए।
निर्वाचनमा उम्मेदबारलाई असहयोग गर्ने प्रजातान्त्रिक हक मलाई थियो। मैले सहयोग गरिन्।ुयस्तै कुरा प्रष्ट पारेका छन् । ओझाको अडियो परिक्षण भएर पुष्टि भएपछि अनुशासन समितिले पार्टीको आधिकारीक उम्मेदबारलाई हराउन भूमिका खेलेको निष्कर्ष निकाल्दै कारबाही को कुरा आएको हो ।
तर पौडेलले पार्टीको आधिकारीक उम्मेदबारलाई हराउन लागेका ओझालाई कारबाही गर्न नहुने धारणा शुक्रबार विज्ञप्ति मार्फत राखेका थिए। यसले पौडेलले पार्टीलाई विधि विधानले भन्दा पनि आफ्नो हितमा मात्रै चलाउनु पर्छ भन्ने अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेका छन्।
पौडेलको चरित्रलाई लिएर गुट भित्र पनि चर्को आलोचना बढेको छ ।
यस्तो छ पौडेलको विज्ञप्ति

पौडेलले विज्ञप्तिमा भनेका छन्, स्वयम बागी उम्मेदबार बनेर खुलेआम अन्र्तघात गर्ने व्यक्ति र आफुलाई मन परेन भन्दैमा अन्दाजको भरमा आरोपित कार्यकर्तासंगै जोडेर जो कारबाहीको नाटक मञ्चन गरिएको छ ,यो घृणित षडयन्त्र हो । पौडेलको विज्ञप्तिमा आफै सहभागि कार्यक्रममा ओझाले खुलेआम आफुले पार्टीको आधिकारीक उम्मेदबारलाई मन नपरेर हराएको भनेका छन् ।
पौडेलले ओझालाई कारबाही गर्न नहुने अडान राखेका छन् भने आफ्नो गृह जिल्लाका जोशीलाई भने कारबाही गर्नुपर्ने दोहोरो चरित्र विज्ञप्तिमै देखाएका छन्। यद्यपी जोशीको हकमा भने पौडेलकै क्षेत्रमा दर्ता भएको उम्मेदबारी निर्वाचन आयोगले खारेज गरेको थियो।
जोशीले पौडेललाई हराउन लागेको भन्ने आरोप पुष्टि हुनेगरी कुनै प्रमाण अनुशासन समितिमा पेश भएको छैन।
-न्यूज अभियानबाट

nema
Show More

Related Articles

Back to top button