breakingसमाचार

लकडाउन थप एक साता लम्ब्याउने सकारको निर्णय

 
सरकारले थप एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले थप एक साता लकडाउनको अवधी थप गर्ने निर्णय गरेको हो । हिजो बसेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको बैठकले लकडाउन एक हप्ता थप गर्न सरकारलाई सुझाव दिएको थियो ।
 
सरकारले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन गरेको थियो । पहिलो चरणको लकडाउन पछि फेरि सरकारले चैत २५ गते राति १२ बजेसम्मलाई लकडाउन लम्ब्याएको थियो । योसँगै लकडाउनको समय थपेको सरकारले तेस्रो पटक हो । दोस्रो पटक लकडाउन थप गरेपछि सुदूरपश्चिममा एकै पटक तीन जनामा कोरोना संक्रमण देखिएको थियो । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button