breakingसमाचार

सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने २ सय ९८ जनाकै रिर्पोट नेगेटिभ आयो

३ बैशाख, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका कोरोना भाइरस (कोभिड–१९) संक्रमित परिवारका तेस्रो सदस्यको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले पिसिआर प्रविधिबाट पुनः परीक्षण गर्दा महिलाको नतिजा नेगेटिभ आएको जानकारी दिनुभएको छ । सोमबार ¥यापिड टेस्ट गर्दा परिवारका तीनै जना सदस्यमा पोजेटिभ देखिएपछि उनीहरूलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । यस्तै सनसिटीमा बसोबास गर्ने २ सय ९८ जनाको ¥यापिड टेष्ट गरिएको र उनीहरु सबैको नजिता नेगेटिभ आएको प्रवक्ता देवकोटाले बताउनुभयो । संक्रमित परिवारमा काम गर्नेहरुको पीसीआर विधिबाट पनि परीक्षण गरिने उहाँको भनाई छ ।
प्रवक्ता देवकोटाले सबै प्रदेशका अधिकांश जिल्लामा ¥यापिड किटबाट कोरोना परीक्षण सुरु भएको जानकारी दिनुभयो । अहिलेसम्म १४ वटा जिल्लामा परिक्षण हुन बाँकी रहेको उहाँको भनाई छ ।
प्रवक्ता देवकोटाले क्वारेन्टाइनमा रहनेको संख्या घट्दै गएको बताउनुभएको छ । उहाँले अहिलेसम्म देशभर ५ हजार ६ सय १४ जना क्वारेन्टाइनमा रहेको जानकारी दिनुभयो । यस्तै आइसोलेसनमा भने १ सय १७ जना रहेको उहाँको भनाई छ ।

nema
Show More

Related Articles

Back to top button