समाचार

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच केन्द्रीय सचिवालय बैठक बोलाउने सहमति

१५ बैशाख, काठमाडौैँ
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच केन्द्रीय सचिवालय बैठक बोलाउने सहमति भएको छ । पार्टीमा विवाद उत्कर्ष पुगेपछि दुवै समूहको बैठकमा भोलिनै केन्द्रीय सचिवालय बैठक बोलाउने सहमति भएको हो । कोटेश्वरस्थित नेता नेपालको निवासमा आज भएको बैठकले स्थायी कमिटीको बैठकको मिति तय गर्ने सहमति भएको बताइएको छ ।
बैठकमा ओली समूहबाट नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ र शंकर पोखरेल सामेल हुनुभएको थियो । नेपाल समूहबाट भीम रावल, भीम आचार्य, रघुजी पन्त र सुरेन्द्र पाण्डे सामेल हुनुभएको थियो ।
यसैबीच, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच पनि भेटवार्ता भएको छ । आज दिउँसो अध्यक्ष प्रचण्ड निवास खुमल्टारमा दुई नेताबीच झण्डै २ घण्टा छलफल भएको वरिष्ठ नेता खनालनिकट स्रोतले जानकारी दिएको छ । भेटका पार्टी एकतालाई मजबुत बनाउँदै तत्काल स्थायी समिति बैठक बोलाउन माग गर्ने सहमति भएको छ।
छलफलमा सरकारले अध्यादेश ल्याएपछि पार्टी्भित्र उत्पन्न समस्याको बारेमा समीक्षा भएको बताइएको छ । सरकारको कार्याशैली र पार्टी सञ्चालनविधिलाई लिएर नेकपाभित्र प्रधानमन्त्री ओलीसँग र कार्यकारी अध्यक्ष प्रचण्ड र नेता नेपाल, समूहबीच दूरी बढ्दै गएको छ ।

nema
Show More

Related Articles

Back to top button