समाचार
प्रधानमन्त्री ओली एक्कासी संसद भवन पुगेपछि
१७ बैशाख, काठमाडौैँ
प्रधानमन्त्री केपी शर्मा ओली नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अवलोकनका लागि पुग्नुभएको छ । संसद बैठक सञ्चालनका लागि कसरी सामाजिक दुरी कायम गर्न सकिन्छ भनेर अनुगमनका लागि प्रधानमन्त्री संसद भवन पुग्नुभएको हो ।
आज बिहानमात्र प्रधानमन्त्री ओलीले बजेट तथा नीति तथा कार्यक्रमका लागि बैठक सञ्चालन गर्नका लागि सभामुख अग्नी सापकोटासँग छलफल गर्नुभएको थियो । अनुगमनमा प्रधानमन्त्रीसँगै सभामुख सापकोटा, कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेलगायत उपस्थित हुनुभएको छ ।
