breakingसमाचार

कोरोना संक्रमण नदेखिएका जिल्लामा लकडाउन खुकुलो बनाउने तयारी

२३ बैशाख,काठमाडौैँ
लकडाउन मोडालिटीबारे थप छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आज बस्दैछ । बैठकले संक्रमण नदेखिएका जिल्लाहरुमा लकडाउन खुकुलो बनाउने बारेमा छलफल गर्ने जनाएको छ । यसअघि हिजो बैठकमा वैशाख २६ गतेबाट लकडाउनको स्वरुपमा फेरबदल हुनेगरी तयार पारिएको प्रस्ताव पेश भएको थियो ।
 
उक्त प्रस्तावलाई आजको बैठकले अनुमोदन गरी मन्त्री परिषदमा पेश गर्ने तयारी भएको बताइएको छ । प्रस्तावमा संक्रमण नदेखिएका हिमाली तथा पहाडि जिल्लामा आन्तरिक आवगमन खुकुलो बनाउन सुझाइएको छ । कृषि बाली लगाउने समय भएकाले पनि लकडाउन लचिलो बनाउने बारेमा छलफल अघि बढाइएको समितिले जनाएको छ ।
 
कोरोना प्रकोपले विश्वव्यापी महामारीको रुप लिएपछि नेपालमा जोखिम कम गर्न भन्दै सरकारले गत चैत्र ११ देखि देशव्यापी लकडाउनको घोषणा गरेको छ । पछिल्लो समय थपिएको समय अवाधि वैशाख २५ गते सकिदै छ ।

nema
Show More

Related Articles

Back to top button