breakingसमाचारगण्डकी प्रदेश

तनहँु संञ्चार सहकारी संस्थाको छैटौ अधिवेशन सम्पन्न,

दमौली भाद्र, १५

तनहँु संञ्चार सहकारी संस्थाको छैटौ अधिवेशन र दमौली एफ.एम ९४.०२ मेगार्हज र दमौली खबर राष्ट्रिय दैनिक तथा दमौली खबर अनलाईन पत्रिकाको १४ औं साधारण सभा आज दमौलीमा सम्पन्न भयो । समाहरोमा प्रमुख अतिथी पूर्व गृहमन्त्री गोविन्दराज जोशीले ः जिल्लाको विकासको लागि सूचना तथा सञ्चारको भूमिका रहेको अवस्थामा दमौली एफ.एमको स्थापना भएको हो । यो सहकारी संस्थाले विश्वभर तनहुँको सूचना पु¥याउने काम गरेको छ । समाहरोमा विपी विचार राष्ट्रिय समाजका केन्द्रिय सदस्य वालकुमारी लोहनी ,पूर्व अध्यक्ष गोपाल प्रसाद भण्डारी , पूर्व सदस्य सुकुम लाल गुरुङ्ग,लेखा समितीको अध्यक्ष रामदेव पन्त आदिले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सचिवको प्रतिवेदन उपसचिव हरिशरण पण्डित र कोषाध्यक्षको प्रतिवेदन मादव खनालले प्रस्तुत गर्नुभएको थियो । अधिवेशनले हरिशरण पण्डितको अध्यक्षतामा शुकुम लाल गुरुङ्ग उपाध्यक्ष , माधव खनाल सचिव , पवन पौडेल कोषाध्यक्ष,रामदेव पन्त, सुदिप काफ्ले ,राधा आचार्य,समिर्ला ओझा र वसन्त गिरी सदस्यहरु र लेखा समितीमा संयोजक रमेशकुमार श्रेष्ठ र केशमाया गुरुङ्ग सदस्य चयन गरेको छ । अधिवेशनको अध्यक्षता निवर्तमान सभापति परशुराम गिरीले गर्नुभएको थियो ।

nema
Show More

Related Articles

Back to top button