वाग्मती प्रदेशवी पी विचारसमाचारसमाज

४६ औं राष्ट्रिय मेलमिलाप दिवस सम्पन्न,


काठमाण्डौ १६ पुष

वीपी विचार राष्ट्रिय समाज काठमाडौको आयोजनामा समाजको केन्द्रिय कार्यालय चण्डोलमा ४६ औं राष्ट्रिय मेलमिलाप दिवस महामानव विश्वेश्वरप्रसाद कोइराला (वीपी ) प्रति श्रद्धासुमन अर्पण गर्दै उहाँको तस्विरमा माल्र्यापण गरी ज्ञात तथा अज्ञात शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मौनधारण गरी सम्पन्न भयो ।
समारेहमा प्रमुख अतिथी पूर्व सभामुख श्री तारानाथ रानाभाटले कार्यक्रमको औचित्य तथा वीपीले राष्ट्रिय मेलमिलापको निती लिएर २०३३ साल पौष १६ गते स्वदेश फर्कनुपर्ने अवस्थाको विवेचनात्मक विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा समाजका सह–सभापति श्री गोविन्दराज जोशीले ःराष्ट्रिय मेलमिलाप दिवसको महत्व ,नेपाली काँग्रेसले लिएको वर्तमान निती ,हालको बाटो र जननायक विश्वेश्वरप्रसाद कोइरालाले प्रतिपादन गर्नुभएको नेपाली काँग्रेसको राष्ट्रियता ,प्रजातन्त्र र समाजवादको सिद्धान्त र तालमेल नमिलेका कार्यबारे संक्षिप्त प्रकाश पार्नुभएको थियो । कार्यक्रममा समाजका बरिष्ठ सदस्य तथा पूर्वमन्त्री श्री लक्ष्मण प्रसाद घिमिरेले राष्ट्रिय मेलमिलापको निती आज पनि देशमा उत्तिकै सान्र्दभिक र महत्वपूर्ण रहेको कुरा उल्लेख गर्दै वीपीद्धारा अवलम्वन ग।ीएको परराष्ट्र निती बारे उल्लेख विवेचना गनर्् भयो । समारोहमा समाजका उपमहासचिव श्री राम बहादुर गुरुङ्ग ,केन्द्रिय सदस्य श्री वासुदेव खनाल , केन्द्रिय सदस्य श्री कविराज न्यौपाने, विद्यार्थी नेतृ शोभा खनाल (सदिक्षा) ले वीपीको भनाई र हाल नयाँ पुस्ताका आर्थिक सूंचाङकको रुपमा एक दुहुनु गाइर्, एक हल गोरु र सानो झुपडी समय अनुसार आर्थिक स्रोतको जोहो राज्यद्धारा श्रृजित गरिनुपर्ने सिद्धान्त अबको बाटोमा नेपाली काँग्रेसले अवलम्वन गर्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा स्वागत मन्तव्य समाजका महासचिव श्री विनय ध्वज चन्दले गर्नु भएको थिया । कार्यक्रमको सभापत्तित्व वीपी विचार राष्ट्रिय समाज काठमाडौका जिल्ला सभापत्ति श्री राम बहादुर केशी ले गर्नुभएको थिया ।

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button