breakingसमाचारविचारवी पी विचार

रोनाल्डोले खेलेनन् अभ्यास खेल, युनाइटेडमा भविष्य अझै अनिश्चित

२०७९ साउन १२ गते

१२ साउन, काठमाडौं ।

पछिल्लो केही दिनयता क्रिस्टियानो रोनाल्डोले म्यानचेष्टर युनाइटेड छाड्न चाहेको चर्चा विश्वभरको सञ्चारमाध्यममा छ ।

युनाइटेड आगामी सिजन च्याम्पियन्स लिगमा छनोट नभएपछि रोनाल्डोले च्याम्पियन्स लिग खेल्नकै लागि क्लब छाड्न खोजेको बताइन्छ । तर, उनले अहिलेसम्म उपयुक्त विकल्प पाएका छैनन् ।

नयाँ सिजनअघि प्रि–सिजन टूरमा पनि रोनाल्डो सहभागी भएनन् । यसमा उनले पारिवारिक कारण देखाए ।

सोमबार मात्रै आफ्नो भविष्यबारे कुरा गर्न रोनाल्डो म्यानचेष्टर युनाइटेड पुगे । उनले नयाँ प्रशिक्षक एरिक टेन हागलाई पनि भेट्ने तय थियो । भेटमा के कुरा भयो भनेर सार्वजनिक भएको छैन । मंगलबार क्लबमा उनको पहिलो प्रशिक्षण थियो ।

तर, युनाइटेडमा यी सुपरस्टारको भविष्य भने अझै अनिश्चित बनेको छ । ३७ वर्षीय सुपर स्टार अझै क्लब छाड्न चाहन्छन् । टेन हागसँग भेटपछि पनि केही कुरा परिवर्तन देखिएको छैन ।

ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार युनाइटेड रोनाल्डोलाई क्लबमै राख्न चाहन्छ । रोनाल्डोका एजेन्ट मेन्डेजले भने छोटो समयका लागि समाधान खोजिरहेका छन् ।

एउटा विकल्प के छ भने रोलान्डोले यस सिजन लोनमा अन्त जान चाहे सम्झौता एक वर्ष नवीकरण गरेर जान सक्छन् । जसको अर्थ युनाइटेडसँग उनको आवद्धता सन् २०२४ सम्म हुनेछ ।

युनाइटेडले बुधबार राती आफ्नो प्रशिक्षणस्थल कारिङ्टनमा नेशनल लिग क्लब वेक्सह्यामसँग मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो । बन्द रंगशालामा खेलाइएको उक्त खेल रोनाल्डोले बाहिरै बसेर हेरे । नयाँ अनुबन्ध भएका दुई खेलाडी क्रिस्टियन एरिक्सन र लिसान्ड्रो मार्टिनेजले भने अनौपचारिक रुपमा यही खेलबाट डेब्यू गरे ।

एरिक्सनले त गोल पनि गरे । प्रशिक्षक टेन हागले नयाँ अनुबन्ध भएका खेलाडीहरुलाई खेलमा पर्याप्त समय दिएका थिए ।

युनाइटेडले नयाँ सिजनअघि प्रि सिजनमा अब दुई खेल खेल्न बाँकी छ । युनाइटेडले आइतबार ओस्लोमा एट्लेटिको मड्रिडसँग खेल्नेछ भने रायो भालेकानोसँग घरेलु मैदानमा खेल्नेछ ।

रोनाल्डो यो समस्याको समाधान चाँडो चाहन्छन् । किनकि उनले महत्वपूर्ण प्रशिक्षण र प्रिसिजन खेल गुमाएका छन् । प्रशिक्षक टेन हाग रोनाल्डो क्लबमै बसोस् भन्ने चाहन्छन् । सोमबार उनीहरुको पहिलो भेट भएको हो ।

रोनाल्डोले चाहेजस्तो क्लबबाट वहिर्गमन सहज छैन । रोनाल्डोका लागि सम्भावित गन्तव्य सीमित छन् । केही क्लबले उनलाई अनुबन्ध गर्न अस्वीकार गरिसकेका छन् । रोनाल्डोका लागि अनुबन्ध गर्ने रकम र उनको पारिश्रमिकले गर्दा यो विषय झनै जटिल बनेको छ ।

copied from online khabar

nema
Show More

Related Articles

Check Also
Close
Back to top button