breakingसमाचारविचारवी पी विचार

बीपी विचार समाज तनहुँले पायाे पूर्णता

दमौली । साउन २१ । बीपी विचार समाज तनहुँले पूर्णता पाएको छ । समाजका सभा पति हरिशरण पण्डितको अध्यक्षतामा आईतबार बसेको पदाधिकारी वैठकले सदस्यहरुमा  मनोनित गरी कार्य समितिलाई पूर्णता दिईएको हो ।

     सदस्य मनोनित हुनेहरुमा सुकुमलाल गुरुङ (बन्दीपुर), सोलबहादुर चितौरे (आँबुखैरेनी), इन्द्रप्रसाद पौडेल (शुक्लागण्डकी), नरनाथ काफ्ले (व्यास), रामदेव पन्थ (व्यास), खोजबहादुर गुरुङ (भानु), इन्द्रबहादुर दरै (व्यास), तुलबहादुर गुरुङ (शुक्लागण्डकी), रामबहादुर ढुङ्गाना (भानु), कृष्णप्रसाद सोती (व्यास), कृष्णप्रसाद भट्टराई (व्यास) चयन हुनु भएको छ । यसैगरी लिलचन्द्र पाण्डे (भानु), विष्णुप्रसाद श्रेष्ठ (म्याग्दे), सिताराम बानिया (भानु), खोमराज पोख्रेल (घिरिङ), आरती थापा (भिमाद) मनोनित हुनु भएको छ । यस्तै पदेन सदस्यमा केशरबहादुर गुरुङ क्षेत्र नम्बर १ सभापति र  नरेन्द्र थापा  क्षेत्र नं. २ सभापति सदस्यमा चयन हुनु भएको छ । उक्त बैठकमा बीपी विचार राष्ट्रिय समाजका सहसभापति तथा नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको विशेष उपस्थितीमा भएको थियो ।

     यसैगरी सो वैठकले सल्लाहकारहरुमा उर्मिला थापा, डिल्लीराम अधिकारी, गोपीबहादुर गुरुङ, घनश्याम घिमिरे, गोपालप्रसाद भण्डारी, परशुराम गिरी, भिमबहादुर अधिकारी, हरिभक्त ढकाल, प्रेमबहादुर बानियाँ, गोविन्द पन्थ र विद्युत न्यौपानेलाई मनोनय गरिएको समाजका सचिव कमलभक्त पोख्रेलले जानकारी दिनुभयो ।

nema
Show More

Related Articles

Back to top button