breakingसमाचारविचारवी पी विचार

जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि महानगरमा राखी पुन:अस्पताललाई नै बुझाइने

facebook sharing button
twitter sharing button
sharethis sharing button
सत्यमोहन जोशीले तीन कृतिका लागि मदन पुरस्कार जितेका थिए । उनलाई नेपाली संस्कृतिका धरोहरका रुपमा लिने गरिन्छ । उपचारको क्रममा आइतबार बिहान उनको निधन भएको हो । तस्बिर : बर्षा शाह/देश सञ्चार (फाइल तस्बिर)

सम्बन्धित

शताब्दी पुरुष जाेशीकाे निधन

काठमाडौँ – शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अस्पताल परिषरमै राखिने भएको छ।

उनको १०३ वर्षको उमेरमा उपचारको क्रममा आइतबार बिहान किस्ट अस्पतालमा निधन भएको हो।

मरणोपरान्त आफ्नो शरीर दानको घोषणा गरेका जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अस्पतालकै परिषरमा राखिने र त्यसपछि अस्पताललाई नै बुझाइने पारिवारिक स्रोतले जानकारी दिएको हो।

दुई वर्ष पहिले जोशी दम्पती (सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशी) ले निधनपछि आफूहरूको शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णय गरेका थिए।

१०० वर्ष उमेर कटेको अवस्थामा शरीर कस्तो हुन्छ भन्ने जानकारी पाउनका लागि सहयोग होस् भनेर दान गर्ने निर्णय गरेको उनीहरूले बताएका थिए।

किस्ट अस्पतालले जोशी दम्पतीको पछिल्लो केही वर्षदेखि नियमित रूपमा नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जोशी दम्पतीको सो निर्णयको साक्षी उनका जेठो छोरा र आफू रहेको जानकारी आइतबार अस्पतालमा भएको पत्रकार सम्मेलनमा जानकारी दिए।

बिहान पौने ११ बजेदेखि साढे ११ बजेसम्म परिवारका सदस्यले आफ्नो संस्कार अनुसारको प्रक्रिया पूरा गर्ने जनाइएको छ । त्यसपछि १२ बजेसम्म उनको पार्थिव शरीर अस्पतालको परिषरमा श्रद्धाञ्जलीका लागि राखिने छ ।

त्यहाँबाट उनको पार्थिव शरीर ललितपुर महानगरमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । बेलुका ४ बजेपछि जोशीको शरीर किस्ट अस्पताल लगेर बुझाइने भएको हो

शरीर दान गर्ने बुवाको निर्णय परिवारले सम्मान गर्दै स्वीकार गरेको जोशीका जेठो छोरा अनु राज जोशीले बताए ।

उनको शरीर गोपनीयता भंग नहुने गरी अस्पतालको छैटौँ तलमा कहिल्यै नबिग्रने गरी राखिने राखिने जनाइएको छ ।

जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्रीसहितका विशिष्ट व्यक्ति आउने जानकारी ललितपुरका प्रमुख जिल्ला अधिकारीले दिएका छन् ।

nema
Show More

Related Articles

Back to top button