breakingसमाचारविचारवी पी विचार
स्वास्थ्य राज्यमन्त्री केसीलाई डेंगु संक्रमण, अस्पताल भर्ना
२०७९ कात्तिक २ गते

२ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण पुष्टि भएको छ ।
डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन्
गत शुक्रवार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगु परीक्षण गराएका थिए ।
केसीको स्वास्थ्य अवस्था सामान्य रहेको उनका प्रमुख सचिव अमित शर्माले जानकारी दिए । राज्यमन्त्री केसीलाई शरीर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुने समस्या देखिएको छ ।
