२०७९ मंसिर २०

२० मंसिर, काठमाडौं ।
नेपाल एयरलाइन्सले तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड बनाएर राखेको ५ वटा चिनियाँ जहाज बिक्री गर्ने भएको छ । सो प्रयोजनका लागि नेपाल एयरलाइन्सले मंगलबार जहाजको पूर्ण मूल्यांकनका लागि टेण्डर आह्वान गरेको छ ।
निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार पूर्ण मूल्यांकनपछि यी जहाजको मूल्य तय हुन्छ । त्यसपछि ग्लोबल टेन्डर आहृवान गरी यी जहाज बिक्रीको प्रक्रिया सुरु गरिने उनले बताइन् । ‘हामीले सुरुमा भाडामा दिने तयारी गरेका थियौं,’ उनले भनिन्, ‘यसमा कोही पनि इच्छुक नभएपछि जहाज बिक्री गर्ने विकल्पमा तयारी थालेका हौं ।’
