breakingविचारवी पी विचारसमाचार

स्नातक चौथो वर्षको परीक्षा केन्द्र सार्ने निर्णय सच्याउन विद्यार्थी नेताहरुको माग

 २०७९ चैत ९

वायाँबाट– नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली ।

९ चैत, काठमाडौं ।

यही चैत १२ गतेदेखि हुने स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र सार्ने त्रिभुवन विश्वविद्यालयको निर्णयको विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । विद्यार्थीहरु अध्ययनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याउन उनीहरुले माग गरेका छन् ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आज संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थीहरुलाई दुःख दिने मनसायका साथ परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र सार्ने निर्णय गरेको आरोप लगाएका छन् । यो निर्णयबाट विद्यार्थीहरुमा मनोवैज्ञानिक असर पर्ने उनीहरुको ठहर छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थीहरु सहभागी भएको अवस्थामा विद्यार्थीलाई अनावश्यक तनाव र दुःख दिने मनसायका साथ विद्यार्थीले अध्ययनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन परीक्षा नियन्त्रण कार्यालयसमक्ष संयुक्त विद्यार्थी संगठनहरु जोडदार माग गर्दछौं ।’

copied from online khabar

Show More

Related Articles

Back to top button