breakingसमाचारविचारवी पी विचार
वी.पी स्मृति दिवश
बैतडी
वी.पी विचार राष्ट्रिय समाज बैतडीले “वर्तमान राजनीतिक परिवेशमा वी.पी विचारको सान्दर्भिकता ” विषयक विचार गोष्ठी २०८० श्रावण ६ गते समाजका जिल्ला सभापति श्री रमेश भण्डारी ज्यूको सभापतित्वमा सम्पन्न गरियो । यस गोष्ठीमा श्री पूर्णचन्द्र लेखक, श्री लालबहादुर चन्द, श्री हर्कबहादुर चन्द, श्री नरेन्द्र थापा, श्री रमेश बोहरा, श्री धन ब क्षेत्री र श्री महेश भट्ट आदि वक्ताहरुले बोल्नुभएको थियो ।


तनहूँ
वी.पी विचार राष्ट्रिय समाज तनँहूले क्या. रेशम गुरुङको सभापतित्वमा २०८० श्रावण ६ गते वी.पी को विचार र सिद्धान्तबारे छलफल गरी वी.पी स्मृति दिवश सम्पन्न गर्यो । छलफलमा बरिष्ट अधिवक्ता श्री परशुराम गिरी, डा. विदुरकेशरी न्यौपाने, अधिवक्ता श्री ऋषीराम पोखरेल र दमौली एफ .एम का कार्यवाहक सभापति श्री माधव खनाल लगाएत वक्ताहरुले भाग लिनुभएको थियो ।

