१५ जेठ, काठमाडौैँ
नेपालमा आज एकैदिन १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालया प्रवक्ता डा. विकास देवकोटाले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा सप्तरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै कोसी अस्पतालमा गरिएको परिक्षणमा झापाका २५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै भरतपुर अस्पतालमा गरिएको परिक्षणमा १ जना मा कोरोना पुष्टि भएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा थप ७७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु धनुषा, महोत्तरी , रौतहट , सप्तरी , सर्लाही, सिराहा, दोलखा र सोलुखुम्बुका रहेका छन् ।
यस्तै प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा थप २३ जनामा को रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु सुर्खेत, दोलखा र बझाङा रहेका छन् । गण्डगी प्रादेशिक प्रयोगशाला मा गरिएको परिक्षणमा स्याङ्जाका ३ जना, सेती अस्पतालको परिक्षणमा ३ जना गरि कु१५६ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । ५ जनाको मृत्यु भएको छ भने १८७ जना उपचारपछि नीको भएर घर फर्किएका छन् । प्रवक्ता डा. देवकोटाले ५ औं कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गर्नुभयो ।