समाचार

घर फर्किन चाहाने विदेशमा रहेका नेपालीलाई फर्काउन काँग्रेसको माग

२५ जेठ, काठमाडौैँ
नेपाली कांग्रेसले कोरोना भाइरस कोभिड १९ का कारण घर र्फकन चाहने विदेशमा रहेका नेपाली सबैलाई ल्याउन सरकारसँग माग गरेको छ ।
कांग्रेस जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले आज विज्ञप्ति जारी गर्दै विदेशका जुकसुकै पनि कुनामा रहेका नेपालीहरुलाई आफ्नो घर र्फकन पाउने अधिकार रहेको जनाएको छ ।
तसर्थ संख्या नतोकि आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउनु पर्ने बताएको छ । विदेशमा रहेर कोरोनाका कारण रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकहरुलाई सरकार आफैले खर्च गरेर भएपनि ल्याउनुपर्ने भट्टराईले बताउनुभएको छ । उहाँले विदेशबाट ल्याइएका सबैको पीसीआर विधिबाट परिक्षण गर्न र मापदण्ड अनुसारको क्वारेन्टिनमा राख्न समेत सरकार सगँ माग गर्नुभएको छ ।

Show More

Related Articles

Back to top button