विचारनेपाली कांग्रेस
नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्व अन्त्य गरिनुपर्छ'
बाह्रखरी
२०७७ मंसिर ८ सोमबार ०८:०४:००
अध्यक्ष महरले आइतबार सदरमुकाम दमौलीमा स्कुल अफ ड्रेमोक्रेसी तनहुँका पदाधिकारी र जनप्रतिनिधिसँगको अनौपचारिक भेटघाटका क्रममा केन्द्रको आन्तरिक विवाद तल्लो तहसम्म पुग्न लागेको अवस्थामा त्यसको अन्त्य गरी गुटउपगुटको राजनीतिलाई निरुत्साहित गर्न आवश्यक रहेको औँल्याए ।
“नेता बदमास नभएको महसुस जनताले गर्ने गरी कांग्रेसले राम्रो काम गरे पार्टीलाई बलियो बनाउन सकिनेछ”, उनले भने, “सबैले आफ्नो गल्तीलाई सच्याएर पार्टीलाई बलियो बनाउनतर्फ लाग्नुपर्छ ।”
गण्डकी प्रदेशसभा सदस्य डोबाटे विकले धेरै कुराको एजेण्डा पाउँदा पनि कांग्रेसले सशक्तरूपमा आवाज उठाउन नसक्नु मुख्य कमजोरी पक्ष रहेको बताए । प्रतिपक्षले जुन भूमिका खेल्नुपर्ने हो त्यो हुन सकेको छैन भन्दै उनले आवश्यक परे सडकमा उत्रिन पनि पछि हट्न नहुने बताए ।