समाचार

वैद्यको आरोप ः प्रच्ण्ड ढुलमुले, बाबुराम विजातीय र विप्लवको बाटो गलत

६ कात्तिक, काठमाडौैँ÷ कुनैबेला एउटै पार्टीमा सामेल भएर जनयुद्ध गरेका तत्कालिन नेकपा माओवादीका नेताहरु अहिले छिन्नभिन्न भएका छन् । माओवादी छाडेर नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी गठन गरेका महासचिव मोहन वैद्य ‘किरण’ले जनयुद्धमा सँगसँगै संघर्ष गरेका सारथी ढुलमुले, विजातीय र अस्पष्ट कार्य्दिशा लिएर हिँडेको आरोप लगायका छन् । पार्टीको प्य’ठान जिल्ला कमिटी बुधबार नयाँ बजार जुम्रीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव ‘किरण’ले नयाँ जनवादी क्रान्तिसंगै जनताको राज्यसत्ता निर्माणको लागि दश वर्षे जनयुद्धमा लागेका नेताहरु प्रतिवद्धता भुलेर अलमलमा परेको दाबी गरेका हुन् ।
जनयुद्धको नेतृत्व गरेका प्रचण्ड कहिले पुँजावादी जस्तो त कहिले कम्युनिष्ट जस्तो भनेर ढुलमुल गर्ने, बाबुराम भट्टराई कम्युनिष्ट विचार त्यागेर विजातीय बन्ने र विप्लवले अस्पष्ट कार्य्दिशा लिएर एकीकृत जनक्रान्ति भन्दै हिँड्ने गलत काम गरेको बैद्यको टिप्पणी छ । ‘प्रचण्डजी कतिबेला पुँजीवादी जस्तो र कतिबेला कम्युनिष्ट बनेर बोल्ने गरेको बैैद्यको भनाई छ । बाबुरामलाई त उनले कम्युनिष्ट भन्नै नमिल्ने उद्घोष समेत गरेका छन् । डाक्टर भट्टराईको अस्तित्वनै समाप्त भैसकेको उनले स्पष्ट पारेका छन् ।
सरकारले पनि विप्लव समूहलाई नबुझी उनीहरुमाथि अराजनीतिक व्यवहार गरिरहेको वैद्यको भनाइ छ । विप्लव समूहमाथि प्रतिबन्धको निर्णय राजनीतिक नभएको भन्दै उनले यो समस्याको समाधान राजनीतिक ढंगले मात्र निकाल्न सरकारलाई सुझा दिएका छन् । । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी राष्ट्रियताको बिषयमा गम्भीर नभएको नेता ‘किरण’ आरोप समेत लगाए ।
भारत बनाइदिएको नक्सा नक्सा नेपालले प्रयोग गर्दा लिपुलेक क्षेत्रको आधा सय किलोमिटर जमिन नेपालमा नदेखिएको बैैद्यको भनाई छ । दुईतिहाइको सरकारले यसबारे चासो नदिएको उनले आरोप लगाए । बेल्ट एण्ड रोड चीनको आर्थिक सहयोग नीति ठीक भए पनि अमेरिकाको हिन्द प्रशान्त रणनीतिमा भएको सैन्य साझेदारी गलत भएको उनको बुझाइ छ ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) ले उपनिर्वाचन वहिष्कार गर्ने निर्णय गरेको छ । वैद्यले प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव पार्टीले उपयोग गरे पनि सरकारको भण्डाफोर गर्न उपनिर्वाचनविरुद्ध वहिष्कारसहितको प्रचारात्मक कार्यक्रम गर्ने जानकारी दिएका छन् ।

nema
Show More

Related Articles

Back to top button