प्रधानमन्त्री ओलीले दिए काँगे्रसलाई स्पष्टीकरण
छलफलमा सहभागी नेकपा र नेपाली कांग्रेसका नेताहरू। तस्बिर साभार : नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको ट्वीट।
१० जेष्ठ, काठमाडौैँ ÷प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफूले कांग्रेसलाई सहयोगी नभएर सहयात्री दल भनेको स्पष्टिकरण दिएका छन्।
बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवालगायत टोलीसँगको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो भनाइलाई मिडियाले बंग्याएर लेखेको र आलोचना भएको बताए ।
छलफलमा सहभागी कांग्रेस सांसद मिनेन्द्र रिजालका अनुसार प्रधानमन्त्री आफैंले यो कुरा कोट्याएका थिए।
‘कांग्रेससँग लामो इतिहास छ, हामीले सँगै काम गरेका पनि हौं, त्यही भएर सहयात्री दल भनेको हुँ, लेख्नेले सहयोगी भनेर लेखिदिए —उनले भने ।
माओवादी केन्द्रसँग एकता घोषणा भएको दिन जेठ ३ गते बिहान बल्खुमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेस अब प्रतिष्पर्धी होइन सहयोगी दल भएको बताएका थिए।
