समाचार

अष्ट्रेलियाका धनाढ्यको सूचीमा शेष घले ८१ औैँ नम्बरमा उक्लिए

गैरआवासीय नेपाली शेष घले र उहाँकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा पर्नूभएको छ । गत वर्ष १०१ औं स्थानमा रहनु भएका घले यो वर्ष ठूलो फड्को मार्दै ८१ औँ नम्बरमा उक्लिन सफल हुनु भएको छ । अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने बिजनेस रिभ्यु विक्लीले हिजो सार्वजनिक गरेको सन् २०१८ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले दम्पत्ति ८७ करोड ६० लाख डलर सम्पत्ति सहित ८१ औँ स्थानमा पर्नुभएको हो ।
 
डलर अर्बपतिको नजिक पुग्नुभएका घले दम्पत्तिको पछिल्लो एक वर्षमा कुल सम्पत्तिमा झण्डै २३ करोड डलर वृद्धि भएको देखिएको छ । गत वर्ष उनीहरुको कुल सम्पत्ति ६४ करोड ७० लाख डलर थियो । एक वर्षमै उनीहरुको सम्पत्ति झण्डै ३५ प्रतिशतले बढेको छ । अष्ट्रेलियाको मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापक समेत रहनु भएका घलेको शिक्षा तथा रियल स्टेट लगायतका उद्योगमा लगानी छ ।

nema
Show More

Related Articles

Back to top button