समाचार

बनेपामा मिनीट्रक पल्टिँदा एकको मृत्य, ६ घाइते

बनेपा, असार ११ । काभ्रेको बनेपा नगरपालिका–५ स्थित रवीओपीमा सोमवार बिहान मिनीट्रक पल्टिँदा एकजनाको मुत्यु भएको छ ।
रविओपीको छहारेबाट बनेपातर्फ तरकारी लिएर आउँदै गरेको बा२ख ३४१२ नंको निशास मिनीट्रक पल्टिँदा मण्डनदेउपुर नगरपालिका–४ की ४० वर्षीया ललीमाया तामाङ सख्त घाइते भएपछि धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार गराउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गाडी चालकसहित छजना घाइतेको धुलिखेमै उपचार भैरहेको छ ।
गाडी अनियन्त्रित भई सडकबाट करीब ५० मिटर तल खोल्सामा खस्दा विस्फोट भई आगलागी भएको थियो ।
आगो निभाउन बनेपा नगरपालिकाको दमकल बोलाउँदा पनि उक्त स्थानबाट करीब ६÷७ मिनेटको दूरीमा रहेको घटनास्थल एक घण्टापछि मात्रै पुगेको भन्दै स्थानीय बासिन्दा आक्रोशीत भएकमा थिए ।
दमकल समयमा नपुगेपछि प्रहरी र स्थानीय बासिन्दाले गाडीमा लागेको आगो नियन्त्रणमा लिएका थिए ।

nema
Show More

Related Articles

Back to top button