समाचार

धादिङमा पहिरोमा पुरिएर एकै परिवाको ३ सहित ४ को मृत्यु

१४ आषाढ , काठमाडौैँ
अविरल वर्षापछि आएको पहिरोमा परि उत्तरी धादिङको खनियावास गाउँपालिका वडा नं ५ साइस्वारामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । त्यस्तै वडा नं ४ मा चिउरीबोटमा पनि पहिरोले घर पुर्दा १ जनाको मृत्यु भएको छ ।
घर भन्दा माथीबाट खसेको पहिरोले घर नै बगाउदा वडा नं ४ साइस्वाराका राजकुमार गुरुङका श्रीमती ३३ वर्षीय बसुदा गुरुङ, उनका छोरीहरु १० वर्षीय लक्ष्मी गुरुङ र ५ वर्षीय सरस्वती गुरुङको मृत्यु भएको धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले जानकारी दिनुभयो । पहिरोमा परि राजकुमारका छोरा १२ वर्षीय विकास गुरुङ घाईते भएका छन् ।
उता खनियाबास ४, चिउरीबोटमा पहिरोमा परेर शमशेर बहादुर घललेको मृत्यु भएको छ भने उनकी श्रीमती ६२ वर्षीय कोप्ची घले बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । बेपत्ताको स्थानीयवासी र प्रहरीले खोजी कार्य गरिरहेको प्रहरी प्रमुख प्रहरी उपरिक्षक डम्बर विकले जानकारी दिनुभयो । दुवै ठाउँको पहिरोमा परि ४ जना घाईते भएका छन् । घाईतेहरुको किन्ताङफेदीमा उपचार भइरहेको स्थानीयबासीले जानकारी दिएका छन । उत्तरी धादिङमा पछिल्लो एक सातादेखी मध्यरातमा अवीरल बर्षा हुदै आएको र भुकम्प पछि चर्किएका पहाडी क्षेत्र र मानवसस्तीमा पहिरोको जोखिम बढको छ ।

nema
Show More

Related Articles

Back to top button