समाचार

विश्वकप २०१८ स् लिग फुटबलको प्रतिनिधित्व रोचक तत्थ्य

इंग्लिस प्रिमियरसिप खेल्ने १ सय २४ खेलाडी रुसमा जारी विश्वकफ फुटवलमा सहभागि भएका छन । त्यसमध्ये बेल्जियम टोलीका १३ खेलाडीले इङ्ल्यान्डमा व्यावसायिक फुटबल खेल्छन् । स्पेनी ला लिगा खेल्ने ८१ र जर्मन बुन्डेसलिगा खेल्ने ६७ खेलाडी रुस पुगेका छन् । इटालियन सिरिजमा खेल्ने ५८ र फ्रान्सेली लिग खेल्ने खेलाडीको संख्या ४९ छ ।
आयोजक रुसको टोलीमा पनि लिग खेल्ने खेलाडीको संख्या कम छैन । यो विश्वकपमा ३६ खेलाडी यस्ता छन्, जो रुसी लिगमा व्यावसायिक फुटबल खेल्छन् । इंग्लिस क्लब फुटबल नखेल्ने खेलाडी अटाएका टोलीमा कोस्टारिका, इरान, पानामा, रुस, साउदी अरेबिया र उरुग्वे छन् । बाँकी २२ टोलीमा कुनै न कुनै खेलाडी इंग्लिस प्रिमियरसिप खेल्छन् ।
रोचक त के पनि छ भने रुस विश्वकपमा इटालीको लिग खेल्ने ५८ खेलाडी छन् । यो संख्या चौथो ठूलो हो । जबकि, इटाली यस पटकको विश्वकपका लागि छनोट हुनै सकेन । एसियाली राष्ट्रको हकमा साउदी अरब भाग्यमानी मुलुक हो, जसको फुटबल लिग खेल्ने ३० खेलाडीले विश्वकपमा सहभागिता जनाएका छन् ।

nema
Show More

Related Articles

Back to top button