breakingसमाचारसंस्था गतिबिधी

वीपी विचारको बैठक राष्ट्रिय मेलमिलाव दिवसमा केन्द्रित

११ मंसिर काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामि पुष १६ गते आयोजना हुने राष्ट्रिय मेलमिलाव दिवस मनाउनको लागि आवश्यक तयारी गर्ने लगायतका निर्णय गरेको छ । मंगलबार समाजको केन्द्रीय कार्यालय चण्डोलमा बसेको बैठकले दिवसका लागि मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधिहरुलाई आमन्त्रण गर्ने निर्णय भएको समाजका केन्द्रीय उपमहासचिव रामबहादुर गुरुङले जानकारी दिनुभयो । बैठकले मेलमिलाव दिवस मनाउनको लागि मंसिर पौष १४ गते अन्तिम बैठक बस्न लागेको गुरुङले जानकारी दिनुभयो । साथै बैठकमा राष्ट्रिय तथा समसामयीक विषयमा समेत छलफल भएको छ ।
कार्यसम्पादन बैठकमा सभापति कुलबहादुर गुरुङ, सहसभापति गोविन्दराज जोशी उपमहासचिव रामबहादुर गुरुङ कोषाध्यक्ष्य गिता रेग्मी तथा सदस्यहरु लक्ष्मणप्रसाद घिमिरे, सुनिक कुमार भण्डारी, रेवतीप्रसाद भुसाल, राजन पन्त भोजराज रेग्मी लगायतको उपस्थिति रहेको थियो ।
 
निर्णय हेर्न यहाँ जानुहोला

nema
Show More

Related Articles

Check Also
Close
Back to top button